Wednesday, January 4, 2017

इन्जिनियरिङ बिद्ध्यार्थिलाई समर्पित

एक सेमेस्टर,अल्कोहल को झोल कति हुन्छ??
एक्जाम टाईम चुरोटको खाली खोल कति हुन्छ??
सेमैपिछे ब्याक लगाको त्यो सिनियरलाई सोध भाइबैनिहो,
तिमिले देखेको सपनाको मोल कति हुन्छ???

Saturday, November 26, 2016

मेरो मन मा गाडिएको तिम्रो नाम फिर्ता लैजाउ
हरेक क्षण मन जलाउने,निस्ठुर घाम फिर्ता लैजाउ

बुझिसकेँ तिम्रो माया,देखावटीपना तिम्रो
घोप्दैछौ जो छुरा अब मुखको राम फिर्ता लैजाउ

Monday, September 19, 2016

बाचा धेरै गरेको थिए रुवाउने छैन आमा
माफ गरिदेउ बुढेसकालको लाठी हुने भैन आमा

वर्तमानले घातगरि भविस्य उजाडिदियो
काखमा लुटुपुटु गर्ने तिम्रो छोरो रैन आमा

उमेरको दोष होला कुलतमा फसिगैयो
सुध्रन मैलेनि प्रयास नगरेको हैन आमा

कहिल्यैनि रुवौँउदिन भनेको थें तिमीलाई
आज तिमि रोएको देख्दा छैन मलाई चैन आमा

रुंदैछु तिमीलाई सम्झी रिह्याबको कालकोठरीमा
नसोध भो तिम्लाई सम्झी कुनचै रात रोइंन आमा

Thursday, September 1, 2016

कुशेऔंसी बिशेस 
लाखौं शब्द कमै होलान तिम्रो वर्णन गर्न बुबा
बाचा गर्छु सारा खुसी तिम्रै ओठमा भर्न बुबा
जन्मायौ,लालनपालन गर्यौ,कमी केहि हुन नदिई
नसके तिमीलाई खुशी राख्न,परोस बरु मर्न बुबा
सपना के हुन् सिकाएर सपनाहरु देख्न भन्यौ
लड्दैछु म तिम्रा सपना सबै पुरा गर्न बुबा
धेरै झुक्यौ हाम्रा लागि,सिंहासनमा तिम्रो ठाउँ छ
त्यहीं पुजेर राख्छु तिम्लाई पर्नेछैन अब झर्न बुबा

Wednesday, August 24, 2016

कल्पनाको संसारमा रमाउन नि मज्जा हुन्छ
सयथरी सपना मनमा सजाउन नि मज्जा हुन्छ
एकपटक डुबिहेर मलाई पागल भन्ने हरु
भावनाको जंजालमा हराउन नि मज्जा हुन्छ 

Monday, August 22, 2016

मेरो जीवनको पहिलो गजल :


चिसो एक्लो यो रातमा तिम्रो मिठो साथ सम्झें अनि फेरी तिमिबाटै पाएको त्यो घात सम्झें कति राम्री थियौ तिमि,उस्तै मिठो मुस्कान तिम्रो तिमीलाई सम्बोधन गरेका प्रेमपत्रका खात सम्झें तिमिसंगै बितेका ति कति मिठा पल थिए समयनै रोकिदिने तिम्रा मिठा बात सम्झें फसेका थियौं दुवै आत्मा एकअर्काको प्रेमपासमा जतिखेरै समाइरहने कोमल तिम्रा हात सम्झें हरघडी तिमि र म साथसाथै हुँदाखेरी अंगालोमै बिताएका सुनौला ति रात सम्झें जब देख्यौ धन तिम्रो मनै पनि निष्ठुरी भो मेरो साँचो प्रेममाथी हानि गयौ लात सम्झें चिसो एक्लो यो रातमा तिम्रो मिठो साथ सम्झें अनि फेरी तिमिबाटै पाएको त्यो घात सम्झें

Wednesday, April 20, 2016

आँखाभरी हरघडी तिम्रैतस्बिर नाँचीरहन्छ
यो मुटुले सधैसधै तिम्रै याद साँचिरहन्छ
मर्ननै त मर्दिन म तिम्ले छाडी गएपनि
लैला लैला भन्दैभएनी मजनुयो बाँचिरहन्छ
#पिडित